विषाक्त स्यानिटाइजर उत्पादन तथा बिक्री गर्ने पक्राउ

विषाक्त स्यानिटाइजर उत्पादन तथा बिक्री गर्ने पक्राउ

ललितपुरमा मापदण्डविपरीत स्यानिटाइजर उत्पादन तथा बिक्री गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।

‘ओम निरमाया हेल्थकेयर’ ग्वार्को महालक्ष्मी ललितपुरका दुई जना सञ्चालकलाई मापदण्ड विपरीत उत्पादन गरेको २ सय ४० लिटर ह्याण्ड स्यानिटाइजर सहित शुक्रबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा कम्पनीका सञ्चालक ललितपुर महालक्ष्मी नगरपालिका–४ बस्ने मोरङ विराटनगर उपमहानगरपालिका–१४ का ४४ वर्षीय अमित ताम्राकार र ललितपुर महानगरपालिका–५ महालक्ष्मीस्थानका ४३ वर्षीय निरेश थापा छन् ।

उनीहरुले संजिवनी लिक्विड इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजरको नाममा विषाक्त उत्पादन गरी बिक्री गरेका थिए ।

टिप्पणीहरू