मोटरसाइकल चोर्ने ७ जना चोर पक्राउ

मोटरसाइकल चोर्ने सात जना चोर मोरङमा पक्राउ  परेका छन् । सुन्दरहरैचा नगरपालिका–४ बलियामा डेरा गरी बस्ने मदनकुमार चौधरीको प्र–१–०५– ००१ प–००६१ नम्बरको मोटरसाइकल चोरीमा संलग्न सात जना चोर मोटरसाइकलसहित पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरूमा इटहरी उपमहानगरपालिकाका २८ वर्षीय राजेश मेहता, ३८ वर्षीय बलराम गुरूङ, ३९ वर्षीय भवेश भन्ने सुवास लिम्बु, ३० वर्षीय मचिन राई, २१ वर्षीय गोलमोल राई, १९ वर्षीय रोमन परियार र २१ वर्षीय राते भन्ने मनोज परियार रहेका छन् ।

जेठ १२ गते राति मोटरसाईकल चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले राजेश मेहताको घरबाट चोरीको मोटरसाइकल फेला पारेको थियो ।

मेहतालाई पक्रेपछि थप अनुसन्धानको क्रममा उक्त कार्यमा संलग्न अन्य छ जना समेत प्रहरीको फन्दामा पुगेका हुन् ।

टिप्पणीहरू