आज ६८ को निधन, ५ हजारमा संक्रमण, ८ हजार बढी निको

आज ६८ को निधन, ५ हजारमा संक्रमण, ८ हजार बढी निको

कोरोनाबाट आज ६८ जनाको ज्यान गएको छ भने ५ हजार ४२ जनामा संक्रमण पुष्टि भएको छ । आज संक्रमितभन्दा ३ हजार बढी निको भएका छन् ।

पछिल्लो २४ घण्टामा गरिएको ११ हजार ४ सय ७१ पीसीआर तथा ५ हजार ३ सय ४३ जनामा एन्टिजेन गरी १६ हजार ८ सय १४ जनामा परीक्षण गरिएको थियो ।

आज ८ हजार २ सय ४३ जना संक्रमणमुक्त भएका छन् । यो संख्या आज संक्रमित भन्दा ३ हजार १ सय ९९ ले बढी हो ।

हालसम्म ज्यान गुमाउनेको संख्या ७ हजार ७ सय ९९ पुगेको छ । आज ९७ हजार ४ सय ५९ जना सक्रिय संक्रमित छन् ।

टिप्पणीहरू