मजदुरहरुलाई राहत वितरण

मजदुरहरुलाई राहत वितरण

निषेधाज्ञाका कारण बिहान बेलुकीको छाक टार्न धौ धौ परेका मजदुरहरुलाई हाम्रो टिम नेपालले आज राहत वितरण गरेको छ ।

निषेधाज्ञाका कारण कामविहीन भएपछि बिहान बेलुकीको छाक टार्न समेत नसकेका श्रमिक तथा मजदुरहरुलाई हाम्रो टिमले राहत वितरण गरेको हो ।

उपत्यकाका विभिन्न स्थानबाट आएका मजदुरहरुलाई १५ किलो चामल, ३ किलो दाल र १ लिटर तेल राहत स्वरुप वितरण गरीएको टिमका अध्यक्ष विमल पन्तले बताउनुभएको छ । आज मात्रै चार सयभन्दा बढीलाई राहत वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।

आफ्नो संस्थाले अप्ठेरोमा परेका श्रमिक र मजदुरलाई निःशुल्क खानाको साथै राहत समेत वितरण गर्दै आएको पन्तले जानकारी दिनुभएको छ ।

टिप्पणीहरू