बैतडीमा संक्रमणदर घट्दोदरमा, ७० बाट १२ प्रतिशतमा झरेको सरकारी दाबी

बैतडीमा संक्रमणदर घट्दोदरमा, ७० बाट १२ प्रतिशतमा झरेको सरकारी दाबी

कोरोना महामारीको पहिलो र दोस्रो लहरले निकै आक्रान्त बनाएको सुदूर पश्चिमको बैतडी जिल्लामा अहिले संक्रमणदर घट्दो क्रममा रहेको बताइन्छ ।

पछिल्लो समय व्यापक रुपमा समुदायस्तरमा संक्रमणको परीक्षण गरिएको बैतडीमा अहिले तीन सयको हाराहारीमा सक्रिय संक्रमित रहेको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले बताउनुभएको छ ।

पाण्डेका अनुसार जिल्लामा दोस्रो लहरबाट हालसम्म १५ जनाले ज्यान गुमाएका छन् । उक्त अवधिमा जिल्लामा १४ हजार जनाभन्दा बढिमा परीक्षण गरिएको थियो । तीमध्ये १ हजार ८ सय बढिमा संक्रमण पुष्टि भएको हो ।

अहिले संक्रमित निको हुने दर पनि बढेको छ । निषेधाज्ञाको मध्यतिर झण्डै ७० प्रतिशतमा संक्रमण फेला पनि अहिले घटेर १२ प्रतिशतमा झरेको उहाँले बताउनुभएको छ ।

टिप्पणीहरू