वीरगञ्जका विद्यालय असारबाट खुल्ने

वीरगञ्जका विद्यालय असारबाट खुल्ने

वीरगञ्ज महानगरपालिकाले असार १ गतेबाट विद्यालयमा पठन पाठन शुरु गर्ने भएको छ । महानगर प्रमुख विजयकुमार सरावगीले जनआस्थासँग कुराकानी गर्दै असारदेखि विद्यालयलाई स्वास्थ्य मापदण्डको पालना गर्दै खोल्ने तयारीमा आफूहरु जुटेको बताउनुभएको छ ।

उहाँले महानगरमा महामारीको दर घट्दै गएको र अस्पतालमा बिरामी समेत कम हुँदै गएको बताउँदै निषेधाज्ञा पनि विद्यालय खोल्ने तयारी गरिएको बताउनुभयो । महानगरपालिकामा हिजो १ सय ९६ जनामा गरिएको परिक्षणमा जम्मा ४ जनामा संक्रमण देखिएको र अस्पतालमा पनि पर्सा जिल्लाका जम्मा ५० जना संक्रमित उपचाररत रहेकाले उक्त निर्णय गर्न लागिएको सरावागीले बताउनुभयो ।उहाँकाअनुसार सबैभन्दा पहिले कक्षा ८ देखि १२ सम्मका विद्यार्थीलाई भौतिक दूरी कायम गरि पढाउन पालिकाका सबै निजी तथा सामुदायिक अस्पताललाई पत्राचार गरिएको छ । संक्रमणको जोखिम उच्च रहेको कारण बन्द गरिएको महानगर कार्यालय पनि भोलिबाट पालोका आधारमा सञ्चालन गरिने प्रमुख सरावगीले बताउनुभयो ।

टिप्पणीहरू