पैदल यात्रु किच्ने माननीयको गाडीका चालक ‘बेपत्ता’

विराटनगरमा बिहिबार साँझ भएको कार दुर्घटना थप रहस्यमय बन्दै गएको छ ।

दुर्घटनाको तीन दिनसम्म पनि पैदल यात्रुलाई ठक्कर दिएर मार्ने चालकबारे पत्ता नलाग्नुले पनि सबै अचम्मित बनेका छन् ।

बिहिबार प्रदेश नम्बर १ की प्रदेशसभा सदस्य विन्दिया कार्कीले प्रयोग गरेको प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कारको ठक्करबाट भारत कटिहारका ३५ वर्षीय मुकेश शर्माको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनापछि फरार भएका गाडी चालक भने सांसद कार्कीका छोरा रविनले चलाएको प्रत्यक्षदर्शीले बताएका छन् । तर प्रहरीले चालकको परिचय नखुलेको बताउँदै आएको छ ।

उक्त घटनाबारे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मानबहादुर राईले जनआस्थासँगको कुराकानीमा अनुसन्धान जारी रहेको बताएका छन् । उनले भनेका छन् ‘घटनाका प्रत्यक्षदर्शी र कारमा सवार अन्यको बयान लिइएको छ ।’

टिप्पणीहरू