ललितपुरमा संक्रमणबाट मृत्यू भएका परिवारलाई एक लाख

ललितपुरमा संक्रमणबाट मृत्यू भएका परिवारलाई एक लाख

ललितपुर महानगरपालिकाले कोरोना संक्रमणबाट निधन भएका व्यक्तिको परिवारलाई एक लाख रुपैयाँ नगद सहयोग प्रदान गर्ने भएको छ ।

प्रमुख चिरीबाबु महर्जनले महानगरपालिका क्षेत्रमा स्थायी बसोबास गर्ने परिवारका सदस्यमध्ये कसैको संक्रमणबाट निधन भएमा सम्बन्धित परिवारलाई महानगरपालिकाले प्रतिमृतक एक लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको बताउनुभएको छ ।

उहाँले आइसियू तथा भेन्टिलेटरमा उपचार गरेर निको भएकाहरुलाई ५० हजार रुपैयाँ र अस्पताल भर्ना भएर कोभिड–१९ लाई परास्त गर्नेहरुलाई २५ हजार रुपैयाँ नगद प्रदान गरिने समेत आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

ललितपुर महानगरपालिकाले अक्सिजनसहितको अत्याधुनिक आइसोलेसन सेन्टर सञ्चालन गरेको जानकारी दिँदै उहाँले वडा नं. २६ सुनाकोठीस्थित नेपाल युथ फाउण्डेशनको पोषण पुनस्र्थापना गृहमा एचडीयुसहितको ५० शैयाको आइसोलेसन सेन्टर सञ्चालन गरिएको बताउनुभयो ।

त्यसैगरी वडा नं.४ स्थित बागडोलमा रहेको ज्यापु समाजको वृद्धाश्रम आनन्द निकेतन भवनमा १० शैयाको आइसोलेसन सेन्टरमा मनोसामाजिक परामर्श, पौष्टिक र सन्तुलित खानाको निःशुल्क व्यवस्था रहेको छ ।

टिप्पणीहरू