मधेसबाट को को बन्न लागे मन्त्री ?

मधेसबाट को को बन्न लागे मन्त्री ?

राजेन्द्र महतो आपूर्ति, शरदसिंह भण्डारी उर्जा, विमल श्रीवास्तव खानेपानी, उमाशंकर अगरिया युवा तथा खेलकुद, अनिल झा शहरी विकास टुंगो लागेको महन्थ खेमाको भनाई छ ।

यसैबीच महन्थ ठाकुर र राजेन्द्र महतो खेमाका नेताहरुको बालुवाटार दौडाई बाक्लिँदो छ । हिजो झण्डै साढे तीन घण्टा बालुवाटारमा बिताएर क्याविनेट बैंठक शुरु हुनुअघि बालुवाटारबाट निस्कनु भएको ठाकुर क्याविनेट बैठक सकिएपछि पुन बालुवाटार प्रवेश गर्नुभएको थियो ।

अपरान्ह साढे दुई बजे बालुवाटार छिरेका महन्थ, राजेन्द्र, शरदसिंह भण्डारी, अनिल झाहरु साँझ ६ बजे मन्त्रिपरिषद बैठक शुरु हुनुअघि बालुवाटारबाट बाहिरिएर फेरि बबरमहलमा भेला भएका थिए । पार्टी कार्यालयमा आन्तरिक छलफलमा जुटेका उनीहरु बालुवाटारमा क्याबिनेट बैंठक सकिएलगतै फेरि बालुवाटार छिरि रात ११ बजे त्यहाँबाट बाहिरिएका थिए ।

सो खेमाका एक नेताका अनुसार सकेसम्म ओलीबाट आफ्ना धेरै भन्दा धेरै मुद्धाहरु सम्बोधन गराउने उदेश्य अनुरुप हिजोको छलफलमा पनि आफ्नो अरु मुद्धा सम्बोधन भए पछि मात्रै सरकारमा सामेल हुने माग राखेका थिए । बालुवाटारले आठ मन्त्री र दुई राज्यमन्त्रीको नाम मागेकोमा आजै ठाकुर खेमाका केहीलाई सपथ गराउने तयारी चल्दै छ ।

यता महन्थ राजेन्द्र मार्फत खेलेर उपेन्द्र बावुरामलाई माधव नेपालकै हालतमा पुर्याउने रणनीति लिएको वालुवाटारले दुई नम्बर प्रदेशको गठबन्धन भत्काउने गरी कसरत शुरु गरेको छ । त्यहाँ प्रधानमन्त्री ओलीले आफ्ना एसम्यान डा राजेश अहिराजलाई प्रदेश प्रमुख बनाउनुभएको छ । उहाँमार्फत आगामी बजेट अधिवेशन अगावै लालबाबु राउत नेतृत्वको प्रद्येश सरकार परिवर्तन गर्न खोजिएको छ ।

त्यहाँका महन्थ राजेन्द्र खेमाका विश्वासिला पात्र जीतेन्द्र सोनल उनकै नेतृत्वमा नयाँ सरकार बनाउनका लागि दलका नेता तथा सांसदहरूसँग भेटवार्तामा बाक्लो बनाएका त्यहाँबाट उपेन्द्र यादव खेमाका एक मन्त्रीले जनआस्थालाई जानकारी दिएका छन् । त्यहाँ जितेन्द्रले अहिले पूर्व राजपाले काग्रेस, ओली खेमाका सांसद फकाउने क्रम जारी छ ।

उता विमलेन्द्र निधिले चाहिँ ओली खेमासँगै मिलेरै भए पनि काँग्रेसको मुख्यमन्त्री बनाउन लबिङ गर्न थालेको उपेन्द्र यादव खेमाका सांसदहरुको आरोप छ ।

टिप्पणीहरू