सुरक्षा फौजमा किन यति धेरै पद खाली ?

सुरक्षा फौजमा किन यति धेरै पद खाली ?

सशस्त्र प्रहरी बलमा पाँच महिनादेखि अधिकांश पदमा बढुवा नगरिएपछि बढुवाको मुखमा पुगेका कतिपय त्यत्तिकै घर गएका छन् । बढुवा रोकेको कारण अधिकांश तहमा योग्य सबैको समय खेर गएको हो । सशस्त्रमा सबै तहको गरी २२ सय पदमा बढुवा र पूर्ति गर्नुपर्ने अवस्था थियो । यसवीच १८ सय ५३ सिपाहीको पूर्ति भएको छ भने लोकसेवाले बाँकीको हकमा प्रक्रिया अघि बढाउन मानेको छैन ।

स्रोत भन्छ,‘टुप्पोदेखि फेदसम्म सबै लथालिङ्ग छ । डीआईजीको दुई वटा पद खाली छ भने नेपाल प्रहरीको सइबाट आएका कोही पनि डिआइजीसम्म पुगेको छैन, एसएसपी आठ रिक्त रहेकोमा कामु दिए १५ नदिए एसपीतर्फ २६ जनाको पद रिक्त छ । तर, बढुवाको कुनै पहल भएको देखिँदैन । माघ १ गतेदेखि एउटा लटको सबै जना सेवानिवृत्त भएपछि अवस्था झन् भ्याकुम भएको हो ।

“चितवनकी स्कूटीवाली भान्जी” सङ्ग करणी काण्डमा परेका पोखराका तत्कालीन एसएसपी राजेन्द्र अधिकारी पनि यसबीच सेवानिवृत्त भएका छन् ।

माघ १ गते भएको ठूलो लटका अधिकृतहरुको सेवा निवृत्तपछि ९० जनाभन्दा बढी डीएसपीको पद खाली छ । तर पनि पदपूर्ति र बढुवाको सूचना निकाल्ने सुरसार छैन । स्रोत भन्छ,‘ठूलाबडाको यस्तोमा चासो नै छैन । संगठनले वास्ता नगरेपछि सबैजना बेसहारा जस्तो भएका छन् ।’

समयमा बढुवा नभएको कारण नेपाल प्रहरी र सशस्त्रमा धेरैको मोरल डाउन भएको बताउन थालिएको छ । विद्यमान विनियमावलीबमोजिम खाली भएको दरबन्दीमा बढुवा गर्न कुनै आइतबार कुर्नु पर्दैन । त्यसैको कारण यसबीच जागिर छाडेर घर जानेको संख्या ह्वात्तै बढेको बताइन्छ । गत माघ १ गतेदेखि सेवानिवृत्त भएर २९ जना एसपी र डीएसपी घर गएपछि अहिलेसम्म बढुवाको सुरसार नगरिएकोमा बढुवाको आश गरेकाहरु चिन्तित भएका हुन् । उक्त लटमा राजु अर्याल,सोमबहादुर गुरुङ,ऋषिदेव कार्कीलगायतका हाकिमहरु घर गैसकेका छन् ।

“चितवनकी स्कूटीवाली भान्जी” सङ्ग करणी काण्डमा परेका पोखराका तत्कालीन एसएसपी राजेन्द्र अधिकारी पनि यसबीच सेवानिवृत्त भएका छन् । उनी जेलमा छँदै घर गएका हुन् । सशस्त्रमा इन्सपेक्टर डेढ सयभन्दा बढी रिक्त रहेको बताइन्छ ।

संगठन सिष्टममा नचलेपछि भोलिका दिनमा विद्रोह आउला भन्ने डर भएको एक जना पूर्वअधिकारीले स्वीकारेका छन् । माथिकालाई आफू टुप्पोमा पुगेपछि फेदमा हुनेको मतलब नभएपछि अहिलेको अवस्था आएको उनी बताउँछन् ।सुरक्षा फौजमा किन यति धेरै पद खाली ?

सशस्त्र प्रहरी बलमा पाँच महिनादेखि अधिकांश पदमा बढुवा नगरिएपछि बढुवाको मुखमा पुगेका कतिपय त्यत्तिकै घर गएका छन् । बढुवा रोकेको कारण अधिकांश तहमा योग्य सबैको समय खेर गएको हो । सशस्त्रमा सबै तहको गरी २२ सय पदमा बढुवा र पूर्ति गर्नुपर्ने अवस्था थियो । यसवीच १८ सय ५३ सिपाहीको पूर्ति भएको छ भने लोकसेवाले बाँकीको हकमा प्रक्रिया अघि बढाउन मानेको छैन ।

स्रोत भन्छ,‘टुप्पोदेखि फेदसम्म सबै लथालिङ्ग छ । डीआईजीको दुई वटा पद खाली छ भने नेपाल प्रहरीको सइबाट आएका कोही पनि डिआइजीसम्म पुगेको छैन, एसएसपी आठ रिक्त रहेकोमा कामु दिए १५ नदिए एसपीतर्फ २६ जनाको पद रिक्त छ । तर, बढुवाको कुनै पहल भएको देखिँदैन । माघ १ गतेदेखि एउटा लटको सबै जना सेवानिवृत्त भएपछि अवस्था झन् भ्याकुम भएको हो ।

माघ १ गते भएको ठूलो लटका अधिकृतहरुको सेवा निवृत्तपछि ९० जनाभन्दा बढी डीएसपीको पद खाली छ । तर पनि पदपूर्ति र बढुवाको सूचना निकाल्ने सुरसार छैन । स्रोत भन्छ,‘ठूलाबडाको यस्तोमा चासो नै छैन । संगठनले वास्ता नगरेपछि सबैजना बेसहारा जस्तो भएका छन् ।’

समयमा बढुवा नभएको कारण नेपाल प्रहरी र सशस्त्रमा धेरैको मोरल डाउन भएको बताउन थालिएको छ । विद्यमान विनियमावलीबमोजिम खाली भएको दरबन्दीमा बढुवा गर्न कुनै आइतबार कुर्नु पर्दैन । त्यसैको कारण यसबीच जागिर छाडेर घर जानेको संख्या ह्वात्तै बढेको बताइन्छ । गत माघ १ गतेदेखि सेवानिवृत्त भएर २९ जना एसपी र डीएसपी घर गएपछि अहिलेसम्म बढुवाको सुरसार नगरिएकोमा बढुवाको आश गरेकाहरु चिन्तित भएका हुन् । उक्त लटमा राजु अर्याल,सोमबहादुर गुरुङ,ऋषिदेव कार्कीलगायतका हाकिमहरु घर गैसकेका छन् ।

“चितवनकी स्कूटीवाली भान्जी” सङ्ग करणी काण्डमा परेका पोखराका तत्कालीन एसएसपी राजेन्द्र अधिकारी पनि यसबीच सेवानिवृत्त भएका छन् । उनी जेलमा छँदै घर गएका हुन् । सशस्त्रमा इन्सपेक्टर डेढ सयभन्दा बढी रिक्त रहेको बताइन्छ ।

संगठन सिष्टममा नचलेपछि भोलिका दिनमा विद्रोह आउला भन्ने डर भएको एक जना पूर्वअधिकारीले स्वीकारेका छन् । माथिकालाई आफू टुप्पोमा पुगेपछि फेदमा हुनेको मतलब नभएपछि अहिलेको अवस्था आएको उनी बताउँछन् ।

टिप्पणीहरू