सेनाले जब बिदेशमा पनि राख्यो शान

सेनाले जब बिदेशमा पनि राख्यो शान

शान्ति स्थापनार्थ सुडानमा तैनाथ नेपाली सेनाका एक अफिसरलाई संयुक्त राष्ट्रसंघले सम्मान गरेको छ ।

दक्षिण सुडानमा तैनाथ कालीध्वज गण दशौं डफ्फाका क्याप्टेन विज्ञान बिष्टलाई कदरस्वरुप राष्ट्रसंघका महासचिवले प्रशंसापत्र दिएको हो ।गत वर्षको मङ्सिरमा सेनाको अस्थायी क्याम्प नजिक दुई जातिका हतियारधारी समूहबीच जातीय हिंसात्मक झडप हुँदा नेपाली सेनाले तनावग्रस्त ईलाकालाई ठूलो जनधनको क्षति हुनबाट जोगाएको थियो ।

जातीय हिंसात्मक झडप हुन नदिन छोटो समयमा लिएको अदम्य साहस र पहलको कदरस्वरुप बिष्टलाई प्रशंसा पत्र प्रदान गरिएको हो ।

जातीय द्वन्द र नरसंहारबाट गुज्रेको सुडानमा यस्ता घटनाको पुनराबृत्ति हुन नदिन नेपाली शान्ति सैनिकहरुले पुर्‍याएको योगदानको संयुक्त राष्ट्रसंघले उच्च प्रशंसा गरेको सेनाको जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

टिप्पणीहरू