कुटपिट र ढुङ्गा प्रहारबाट २ को मृत्यु

कुटपिट र ढुङ्गा प्रहारबाट २ को मृत्यु

कुटपिट र ढुंगा प्रहार गरेर अर्काको ज्यान लिएको अभियोगमा दुई जना पक्राउ परेका छन् । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ माकलबारीका स्थानीय सुन्दरीजल घर भएका ४२ वर्षीय राजु परियारको कुटपिटबाट हिजो साँझ मृत्यु भएको हो ।

गोकर्णेश्वर नगरपालिका–८ बाग्मती करिडोर सडकमा खोटाङका २५ वर्षीय सुनिल राईले कुटपिट गरेपछि गम्भीर घाइते भएका राजुको उपचारको क्रममा शंखरापुर अस्पताल नारायणटारमा मृत्यु भएको थियो ।  कुटपिटमा संलग्न सुनिललाई प्रहरीले नियन्त्रमा लिएको छ ।

उता सुर्खेतको लेकबेशी नगरपालिका–२ साँझेका ३१ वर्षीय बमबहादुर ठाडामगरको ढुंगा प्रहारबाट बुधबार मृत्यु भएको छ ।

घरायसी विषयमा विवाद हुँदा उनका दाजु ३४ वर्षीय टोपबहादुर ठाडामगरले टाउकोमा ढुंगाले प्रहार गर्दा गम्भीर घाइते भएका बमबहादुरको देउती नर्सिङहोम सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको हो ।

टिप्पणीहरू