स्वास्थ्यकर्मीको चरित्रहत्या गर्ने समातिए

स्वास्थ्यकर्मीको चरित्रहत्या गर्ने समातिए

पर्सामा स्वास्थ्यकर्मीको चरित्रहत्या गरेको र सार्वजनिक हित,स्वास्थ्य, सुरक्षा,सुविधा र नैतिकताविरुद्ध कसूर गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

वीरगञ्ज महानगरपालिका–१० घडिअर्वाका २४ वर्षीय सौरभ साहलाई स्वास्थ्यकर्मीको चरित्रहत्या गरेको आरोपमा प्रहरीले समातेको हो ।

उनले वीरगञ्जका विभिन्न अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि आफ्नो फेसबुक पेज तथा फेसबुक मेसेन्जरबाट पटक–पटक आपत्तिजनक सन्देश पठाएका थिए ।

त्यसैगरी उनले अनर्गल आरोप लगाई उनीहरुको चरित्रहत्या गर्ने, धम्क्याउनेलगायतका क्रियाकलाप गरेको भन्ने जाहेरीको आधारमा पक्राउ गरिएको प्रहरीको दावी छ ।

टिप्पणीहरू