दरवार हत्याकाण्डका दुर्लभ दृश्य

दरवार हत्याकाण्डका दुर्लभ दृश्य

-साहस न्यौपाने

तत्कालीन राजा वीरेन्द्रको वंश नै सखाप हुने गरी भएको दरबार हत्याकाण्डको आज ठ्याक्कै २० वर्ष पूरा भएको छ । २०५८ साल जेठ १९ गते शुक्रबार राति भएको उक्त हत्याकाण्डमा राजा वीरेन्द्र, रानी ऐश्वर्य, कान्छो भाइ धीरेन्द्रसहित राजपरिवारका ११ जना सदस्य मारिएका थिए ।

दरबारभित्रै राजपरिवारको सामूहिक भेटघाट हुने ‘गुड फ्राइडे’ को साँझ पारेर राजपरिवारका अधिकांश सदस्यको ज्यान जानेगरी भएको कहालीलाग्दो हत्याकाण्डको अहिलेसम्म सत्यतथ्य बाहिर आउन सकेको छैन । दरबारभित्र दर्जनौँको संख्यामा ज्यान जानेगरी भएको घटना २० वर्षसम्म पनि रहस्यकै गर्भमै रहनु अर्को रहस्यमय भएको छ ।

हत्याकाण्डको न कुनै विश्वासिलो छानविन भएको छ,न यथार्थ बाहिर ल्याइएको छ । बरु छानविनका नाममा तथ्यको तोडमोड गरी वास्तविकता लुकाउन खोजिएको धेरैले आशंका गरेका छन् । हत्याकाण्डको छानविन गर्न त्यतिबेला समिति गठन गरिएको थियो । उक्त समितिले तत्कालीन युवराजधिराज दीपेन्द्रले नशालु पदार्थ सेवन गरी लट्ठिएर नरसंहार मच्चाएको रिपोर्ट बुझाएको थियो । दीपेन्द्रले नै हत्याकाण्ड मच्याएको भन्ने विश्वासिलो आधार नभएको भन्दै उक्त रिपोर्टमाथि आमरुपमा प्रश्न उठेपनि अन्तत: त्यसैलाई मान्यता दिइएको थियो ।

हत्याकाण्डपछि गठित छानबिन आयोगलाई सहयोग पुर्याउने काममा संलग्न तीन सदस्यीय टोलीका एकजना ब्यक्तित्व श्रीप्रसाद पण्डितले त्यतिबेलाका प्रत्यक्षदर्शी,घटनाका घाइतेको भनाई सुन्दा तत्कालीन युवराजधिराज दीपेन्द्रले नै त्यो नरसंहार मच्चाएका हुन् भन्न बाध्य भए पनि भित्री आत्माले र घटनास्थललगायतका अवस्थाले चाँहि त्यस्तो नदेखेको बताउनुभयो ।

हरेक वर्ष जेठ १९ गते सामान्य चर्चा हुने र त्यसपछि अर्को सालको जेठ १८ गतेसम्म सामसुम हुने गरेको छ । हत्याकाण्डमा आधारित विभिन्न पुस्तकहरु पनि प्रकाशन भएका छन् । विभिन्न समयमा विभिन्न व्यक्तिले आशंकाको संकेत गरेपनि अहिलेसम्म ठोस प्रमाण आएको छैन ।

जेठ १९ को सन्दर्भमा हामीले संकलन गरेका दरबार हत्याकाण्डसँग सम्बन्धित केही दुर्लभ तस्वीरहरु :

 

तत्कालीन प्रधानन्यायाधीश केशव उपाध्याय र सभामुख तारानाथ रानाभाट शाहज्यादा पारशसङ्ग त्यसदिनको घटनावारे जानकारी लिँदै

घटनामा प्रयोग भएको हतियार

गोलीकाण्डपछि जमेको रगत

चियाका कपहरु र शो केस

छानविन समितिका सदस्यहरु घटनाबारे अनुसन्धान गर्दै

 

घटनामा प्रयोग भएको हतियारको जाँचबुझ गरिँदै

त्यसदिन सर्भ गरिएको मदिराको भेराइटी

डिनर प्लेट,खपत हुनै नपाई गोली चल्यो

प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग निर्देशन लिदै जाँचबुझ आयोगका पदाधिकारीहरु

बाहिर बगैंचामा भागदौड हुँदा छुटेको महिलाको जुत्ता

बिलियार्ड टेबल

शाहज्यादी जयन्ती मारिएको ठाउँ

वाकिटाकी र टर्चलाइट,कम्मरको पिस्तोल होल्डर

त्यही दिन मारिएकी अधिराजकुमारी श्रुतीका घाइते पति कुमार गोरखसम्शेरसङ्ग अस्पतालमा सोधनी

बूढा आफन्तहरु बसेको कुनो

त्रिभुवन सदनमा भागदौड मच्चिएको प्यासेज

प्रयोग भएका साना हतियार

गोलीकाण्डपछि जमेको रगत

गोलीका दागहरु

गोलीका दागहरु

राजा वीरेन्द्रको रक्तमुछेल टोपी र चस्मा

त्रिभुवन सदन,जहाँ हत्याकाण्ड मच्चियो,अहिले यो पूरै भत्काइएको छ

टिप्पणीहरू