युएईबाट १ सय ५० भेन्टिलेटरसहित स्वास्थ्य सामाग्री आइपुग्यो

युएईबाट १ सय ५० भेन्टिलेटरसहित स्वास्थ्य सामाग्री आइपुग्यो

संयुक्त अरब इमिरेट्स (युएई) सरकारले नेपाललाई अनुदानस्वरुप दिएको १ सय ५० भेण्टिलेटरसहित स्वास्थ्य सामाग्री आज काठमाडौं आइपुगेको छ ।

युएईले नेपाललाई अनुदानस्वरुप प्रदान गरेको १ सय ५० थान अत्याधुनिक भेन्टिलेटर आज यहाँको सरकारले विशेष विमानबाट नेपाल पुर्याएको नेपाली दूतावास अबुधाबीले जनाएको छ ।

एउटा भेन्टिलेटरको मूल्य करिब २० लाख नेपाली रुपैयाँ पर्ने स्रोतले बताएको छ ।

–दुबईबाट रामप्रसाद ढुंगेल

टिप्पणीहरू