शक्तिशाली महिला

शक्तिशाली महिला

-सुरेश किरण

दुई वर्ष जतिअघिको प्रसंग होला, अमेरिकाको फोर्ब्स पत्रिकाले संसारकै सबैभन्दा शक्तिशाली १०० महिलाको सूचीमा नेपालकी राष्ट्रपति कमरेड विद्यादेवी भण्डारीको नाम पनि समावेश गरेको थियो ।

नेपालका राष्ट्रपति कसरी शक्तिशाली हँ ? प्रधानमन्त्रीले जे भन्यो त्यही गर्नुपर्ने राष्ट्रपति कसरी शक्तिशाली हुन्छ ?

संसारमा अर्बौं महिला छन् । त्यसमा पनि सबैभन्दा शक्तिशाली १०० भित्र पर्नु सानो कुरा होइन ।

तर अहिले लाग्दै छ त्यो सानो होइन बरु वाहियात कुरा रहेछ । नेपालका राष्ट्रपति कसरी शक्तिशाली हँ ? प्रधानमन्त्रीले जे भन्यो त्यही गर्नुपर्ने राष्ट्रपति कसरी शक्तिशाली हुन्छ ?

“प्रधानमन्त्रीलाई शपथ ग्रहणसम्म पनि आफूले भनेअनुसार गराउन नसक्ने राष्ट्रपति कसरी शक्तिशाली हुन्छ ?”

प्रधानमन्त्रीले मध्यराति उठेर मेरो फलानो एउटा काम गर्नुपर्यो,लौ तयार हुनुस् भन्यो भने राति नै उठेर भए पनि काम गरिदिनुपर्ने राष्ट्रपति कसरी शक्तिशाली हुन्छ ? प्रधानमन्त्रीलाई शपथ ग्रहणसम्म पनि आफूले भनेअनुसार गराउन नसक्ने राष्ट्रपति कसरी शक्तिशाली हुन्छ ?

फोर्ब्स पत्रिकाले आफ्नो सूची सच्याउनुपर्ला कि कसो ?

टिप्पणीहरू