बाघको छाला र भरुवा बन्दुकसहित २ जना पक्राउ

बाघको छाला र भरुवा बन्दुकसहित २ जना पक्राउ

अछाम र नुवाकोटमा बाघको छाला र भरुवा बन्दुकसहित एक–एक जना पक्राउ परेका छन् । अछामको कमलबजार नगरपालिका–८, ढाकुका ५० वर्षीय विष्णुबहादुर विष्ट र नुवाकोटको विदुर नगरपालिका–७, तुप्चेका २७ वर्षीय वीरमान तामाङ हिजो साँझ पक्राउ परेका हुन् ।

पक्राउ परेका विष्टको साथबाट एक थान बाघको छाला तथा तामाङको साथबाट एक थान एकनाले भरुवा बन्दुक बरामद भएको प्रहरीले बताएको छ ।

विष्टको घरमा बाघको छाला लुकाएको खबर पाएपछि इलाका कमलबजारबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो भने तामाङलाई पनि विशेष सुराकीको आधारमा खटिएको टोलीले एकनाले भरुवा बन्दुकसहित जिल्ला प्रहरी कार्यालय र देउराली चौकीको प्रहरी टोलीले लोड गरेको अवस्थामा उक्त बन्दुकसहित पक्राउ गरेको हो ।

टिप्पणीहरू