अचम्म ! पशुको पैसाले सिलाई कटाई तालिम ?

अचम्म ! पशुको पैसाले सिलाई कटाई तालिम ?

प्रदेश र स्थानीय तहमा अचम्मका कार्यक्रम हुन थालेको छ । स्थानीय महिलालाई आत्मनिर्भर बनाउने भन्दै सुर्खेतमा हालै सञ्चालित सिलाई कटाई तालिमको आयोजना पशु सेवा निर्देशनाललयले गरेको देखिएको छ ।

पशु विकासको लागि स्थापित कार्यालयले सिलाई कटाईको विकास गर्न थालेपछि घरेलु कार्यालयको औचित्य सकिएको अर्थ लगाउन थालिएको छ ।

हिजो सुर्खेतमा त्यस्तै खालको कार्यक्रम आयोजना गरेको देखिएको छ । तस्वीरमा महिलालाई सिलाई कटाई तालिम सिकाउन चौरमा लुगा सिउने मेशिनसहित राखिएको पनि देखिन्छ ।

तर आयोजक संस्थाले झुण्डाएको ब्यानरमा लक्षित वर्ग अर्गानिक कृषि प्रवर्धन कार्यक्रम उल्लेख छ ।

टिप्पणीहरू