कोरोनाको कहरमा लागुपदार्थको कारोवार

कोरोनाको कहरमा लागुपदार्थको कारोवार

सुनसरी,पूर्व नवलपरासी र चितवनबाट नियन्त्रित लागुऔषध तथा प्रतिबन्धित औषधिसहित चार जना पक्राउ परेका छन् ।

सुनसरीको कोशी गाउँपालिका–३ नहर चोकबाट नियन्त्रित लागूऔषध ५० थान,डाईलेक्स डिसी,२ सय ट्याब्लेट नाईट्रोसन र २ सय ८८ ट्याब्लेट स्पास्मोप्रोक्सिभन प्लससहित भारत अररिया बेला बासमतिया बिहारका २८ वर्षीय मजरुल पक्राउ परेका हुन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा झोलामा बोकी ल्याउँदै गरेको उक्त लागुऔषधसहित पक्राउ गरेको हो ।

त्यस्तै,पूर्व नवलपरासीको गैंडाकोट नगरपालिका–२ नारायणी पुलबाट ५९ एम्पुल डाइजेपाम,६० एम्पुल नुफिन र ६२ एम्पुल फेनारगनसहित चितवन भरतपुर महानगरपालिका–१६ का ३२ वर्षीय नोलसिंह गुरुङ मंगलबार बिहानै पक्राउ परेका छन् । ग. १ ख ७४९८ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा सीटमुनि लुकाई ल्याएको उक्त लागूऔषध फेला परेको प्रहरीले जनाएको छ ।

उता,चितवनको भरतपुर महानगरपालिका–२ पोखरा बसपार्कबाट प्रतिबन्धित औषधि १ हजार १० ट्याब्लेट एनार्गन,६ सय ८० टयाब्लेट ट्रामा र ८१ ट्याब्लेट ट्रफिनसहित तनहुँ देवघाट गाउँपालिका–९ घर भई हाल भरतपुर महानगरपालिका–९ बस्दै आएका २९ वर्षीय अभिषेक थापासहित २ जना समातिएका छन् ।

थापाले संञ्चालन गरेको भगवती मेडिकल हलमा प्रतिबन्धित औषधिको किनबेच भइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उक्त परिमाणको प्रतिबन्धित औषधिसहित उनीहरुलाई पक्राउ गरेको हो ।

टिप्पणीहरू