२० हजारको परीक्षण गर्दा ६ हजार संक्रमित

२० हजारको परीक्षण गर्दा ६ हजार संक्रमित

नेपालमा कोरोना संक्रमितको संख्या लगातार बढिरहेका बेला गत २४ घण्टामा ६ हजार ८५ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७ हजार १ सय ४७ जनाको पीसीआर तथा ३ हजार १८ जनामा एन्टिजेन गरी २० हजार १ सय ६५ जनामा परीक्षण गरिएको थियो ।

संक्रमित थपिइरहेका बेला कोरोना जित्नेको संख्या पनि उल्लेख्य रहेको छ । गत २४ घण्टामा मात्रै ६ हजार ८९८ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना जित्नेको संख्या ४ लाख ५४ हजार ३४४ पुगेको छ ।

त्यस्तै, गत २४ घण्टामा कोरोना संक्रमणबाट थप ६८ जनाको ज्यान गएको छ । हालसम्म ज्यान गुमाउनेको संख्या ७ हजार ४५४ पुगेको छ । नेपालमा हालसम्म १ लाख ५ हजार ५८९ जना सक्रिय संक्रमित रहेका छन्,जसमध्ये ७ सय २५ जना क्वारेन्टिनमा रहेका छन् ।

टिप्पणीहरू