श्रीमानबाट जिउँदै जलाइएकी महिलाको उपचार खर्च सरकारले ब्यहोर्ने

श्रीमानबाट जिउँदै जलाइएकी महिलाको उपचार खर्च सरकारले ब्यहोर्ने

डोटीको आदर्श गाउँपालिका ४ रोडीमा श्रीमानद्वारा जिउँदै मट्टितेल खन्याएर जलाइएकी महिलाको उपचार खर्च सरकारले ब्यहोर्ने भएको छ । सन्तोष भाटले श्रीमती लक्ष्मी र छोरी अञ्जुलाई सुतेको समयमा बुधबार राति आगो लगाएका थिए ।

जलेर घाइते भएका उनीहरुलाई तत्काल उपचारको लागि स्थानीय सुजङ्ग अस्पताल पुर्याइएको थियो । तर,विपन्न वर्गका उनीहरुको थप उपचार गर्नुपर्ने भएपछि पत्रकारलगायत विभिन्न क्षेत्रबाट चर्को दबाव परेको थियो ।

हिजो सेनाको हेलिकोप्टरबाट उध्दार गरी उनीहरुको कीर्तिपुरस्थित बर्न अस्पतालमा थप उपचार थालिएको छ । गृह मन्त्रालयले सोमबार एक विज्ञप्ति प्रकाशित गरी सम्पूर्ण उपचार खर्च सरकारले ब्यहोर्ने र घटनामा संलग्न सन्तोष भाटलाई कानुनबमोजिम कडा कारबाही गरिने जनाएको छ ।

टिप्पणीहरू