सशस्त्रमा बिरामीको चाप घट्यो

सशस्त्रमा बिरामीको चाप घट्यो

कोरोना संक्रमणको दोस्रो लहरले सर्वत्र संक्रमित बढेपछि केही दिन अघिसम्म अस्पतालमा बेड पाउन मुश्किल थियो । अहिले भने राजधानी काठमाडौंका अस्पतालमा सामान्य कमि आएको बताइन्छ । त्यो क्रम बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालमा समेत देखिएको छ ।

जेठको दोस्रो सातापछि सशस्त्र प्रहरी अस्पतालको नर्मल बेडमा बिरामीको चाप त्यति धेरै परेको छैन । तर आईसीयु र भेन्टिलेटरसहितका बेड सबै ‘प्याक’ रहेको बताइन्छ । बिरामीहरु एकैचोटी सिकिस्त पर्ने भएपछि उनीहरुलाई नर्मल बेडभन्दा पनि एचडीयु र आईसीयुको आवश्यकता देखिएको हो ।

अहिले त्यहि अवस्थालाई ध्यानमा राखेर सशस्त्र प्रहरी अस्पतालले विशेषगरी एचडीयु र आईसीयुुको क्षमता विस्तार गर्न लागेको हो ।

टिप्पणीहरू