राजा–प्रजा बराबर, खनाल–भट्टराई अझ कम

राजा–प्रजा बराबर, खनाल–भट्टराई अझ कम

नेपाल सरकारले गत माघमा गरेको निर्णय भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा खटिएको सशस्त्र प्रहरी बलको डफ्फालाई ९० बाट १६ जनामा झारिएको छ । सरकारले पुसमा घोषणा गरेको मध्यावधि निर्वाचनलाई लक्षित गर्दै भीभीआईपीहरुको सुरक्षा कटौती गरेको थियो ।

पछिल्लो निर्णयानुसार हाल पूर्वराजाको सुरक्षार्थ डीएसपीको कमाण्डमा १६ जना सशस्त्र प्रहरी खटिएका छन् । त्यसैगरी नेकपा माओवादीका अध्यक्ष तथा भूतपूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,नेपाली काँग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल सबैलाई १६ जनाको टोली उपलब्ध गराइएको छ ।

तर पूूर्वप्रधानमन्त्री झलनाथ खनाल,बाबुराम भट्टराई र लोकेन्द्रबहादुर चन्दको सुरक्षामा भने त्योभन्दा पनि कम सुरक्षाकर्मी खटाइएको स्रोतले जानकारी दिएको छ ।

टिप्पणीहरू