कोरोनाले सेनाका जर्नेल र सशस्त्रका एसएसपीलाई पनि छाडेन

कोरोनाले सेनाका जर्नेल र सशस्त्रका एसएसपीलाई पनि छाडेन

कोरोना संक्रमणको कारण कडा फौजी अनुशासनमा रहने नेपाली सेना र सशस्त्र प्रहरी बलका वर्तमान र भूतपूर्व वरिष्ठ अधिकृतहरुको निधन भएको छ । केही बहालरत वरिष्ठ अधिकारीहरुमा भने संक्रमित हुने र निको हुने क्रम जारी छ ।

यसबीच संक्रमणबाट नेपाली सेनाका दुई जना जर्नेल (हालका र निवर्तमान) को निधन भएको छ । केहि दिनअघि १३ बाहिनी (राजदल,लगनखेल) का जर्नेल दिनेशकुमार केसी र हिजो भूतपूर्व दामोदर थापाको निधन भएको हो । थापाका छोरा भने सशस्त्र प्रहरी बलमा एसएसपी छन् ।त्यसैगरी सशस्त्रका तीन जना भूपू एसएसपीको पनि कोरोनाकै कारण निधन भएको छ । त्यसरी दिवङ्गत हुनेमा भरत पनेरु, ऋषिदेव कार्की र मधुकृष्ण गर्तौला रहेको बताइएको छ ।

सशस्त्रका बहालरत एआईजी पुष्पराम केसी भने कोरोना संक्रमणबाट निको हुनुभएको छ । सुर्खेतस्थित ६ नम्बर बाहिनीपति अभिकुमार खत्री चाहिँ आइसोलेशनमा रहनुभएको छ ।

टिप्पणीहरू