नयाँ पार्टी र चिन्हको मुचुल्का उठ्यो

नयाँ पार्टी र चिन्हको मुचुल्का उठ्यो

दर्ता प्रक्रियामा रहेको जीवन राई नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत) को मुचुल्का उठाउन थालिएको छ ।

हिजो दिउँसो आयोगमा राईको उपस्थितिमा उक्त कार्य भएको बताइन्छ । अब बढीमा एक साताभित्र कलम चिन्हसहितको नेकपा औपचारिक रुपमा दर्ता हुने आयोग स्रोतले जानकारी दिएको छ ।

कोरोनाको कारण पार्टी पदाधिकारीहरुमध्ये अध्यक्षलाई मात्र बोलाएर आवश्यक कागजातको सनाखत र मुचुल्का उठाइएको हो ।

हिजो दिउँसो २ बजेतिर आयोगका एक जना उपसचिव र राईको रोहबरमा कागजात प्रमाणिकरण गरिएको हो ।

टिप्पणीहरू