अर्थविद् डा.गोविन्दबहादुर थापाको निधन

अर्थविद् डा.गोविन्दबहादुर थापाको निधन

अर्थशास्त्री डा.गोविन्दबहादुर थापाको निधन भएको छ । कोरोना संक्रमणबाट तीन साताअघि मुक्त भएपनि उहाँलाई निमोनिया र फोक्सोको इन्फेक्सन बल्झिएको हो ।

नेपाल राष्ट्र बैंकबाट अवकाशप्राप्त कार्यकारी निर्देशक थापा एमालेको पहिलो नौ महिने सरकारमा अर्थमन्त्री भरतमोहन अधिकारीको आर्थिक सल्लाहकार हुनुहुन्थ्यो । पछि नेकपा (एमाले) को अर्थ तथा योजना विभाग सचिवसमेत हुनुभयो ।

उहाँले अर्थ मन्त्रालयमा पटक पटक गरी ६ वर्ष वरिष्ठ आर्थिक सल्लाहकारको भूमिका निर्वाह गर्नुभएको थियो ।

दश वर्षअघि उहाँ मनिलास्थित एशियाली विकास बैंकको वैकल्पिक कार्यकारी निर्देशकमा कार्यरत हुनुहुन्थ्यो । थापा नेपाल वायुसेवा निगमको अध्यक्षसमेत हुनु भएकाे थियाे।

सरकारी वित्त र योजना विज्ञ थापा कतिपय सरकारी नीति र कार्यक्रमको खरो आलोचना गर्नुहुन्थ्यो ।

टिप्पणीहरू