आइतबारको भर्चुअल बैठकमा के भन्नुभएको थियो माधव नेपालले ?

आइतबारको भर्चुअल बैठकमा के भन्नुभएको थियो माधव नेपालले ?

अनेरास्ववियुका नेताहरूसँगको भर्चुअल छलफललाई एमाले वरिष्ठ नेता माधवकुमार नेपालसहित गोकर्ण बिष्टले सँवोधन गर्दा पार्टी एकताका सम्भावना र आधारहरुवारे प्रसङ्ग छेडिएको छ ।

मन्तव्य राख्ने क्रममा बिष्टले अझै पनि पार्टी एकता हुनसक्ने बताउनुु भएको थियो । केही सहभागीले पनि त्यहि लाइनबाट कुरा गरेपछि नेता नेपालले ‘मिलाउन सक्नुहुन्छ भने मिलाउनुस् न त,तर मैले मिल्ने ठाउँ अलिकति पनि देखेको छैन’ भन्नुभएको थियो ।

उर्जामा हुँदा राम्रो परिणाम देखाउनुभएका बिष्टलाई ओलीले श्रममन्त्रीबाट फालेपछि असन्तुष्ट रहँदै आउनुभएका उहाँ अप्ठ्यारो बेलामा कुनै पनि रिस्क नमोल्ने भद्र नेता भनेर चिनिनुहुन्छ ।

यसबीच अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उहाँलगायत नेपाल समूहका नेताहरूलई छानी छानी कुरा गरिरहनुभएको छ भने कारबाही र स्पस्टिकरण पनि त्यहि ढंगले किस्ताबन्दीमा भइरहेको छ । यो बालुवाटारको गलाउने र झार्ने रणनीति रहेको भर्चुअल बैठकमा समेत चर्चा भएको थियो ।

अघिल्लै हप्ता होटल याक एण्ड यतिको एकतासम्बन्धी छलफलमा भएको निश्कर्षपछि बनाइएको सहमतिको ड्राफ्ट नेता नेपाललाई पनि देखाइएको बताइन्छ । सहमतिको मस्यौदामा एमालेको पूर्ववत २ सय ४१ सदस्यीय केन्द्रीय समितिलाई मान्दै यसबीच माओवादीबाट आएका २३ जनालाई पनि अंगिकार गर्ने भनिएको थियो । अन्य विषयको हकमा मूलत: पार्टी २०७५ जेठ २ को अवस्थामा रुपान्तरण र सञ्चालन गर्ने भनेर उल्लेख भएको छलफलमा सहभागी एक जना नेताले बताउनुभएको छ ।

अरु नमिलेका कुरा जिल्लाको हकमा १० सदस्यीय कार्यदलले टुंग्याउने भनिएको पनि स्रोतले दाबी गरेको छ । त्यसमा नेताहरू विष्णु पौडेल,प्रदीप ज्ञवाली,शंकर पोखरेल,सुरेन्द्र पाण्डे,घनश्याम भुसाल र योगेश भट्टराईले सहमति गर्नुभएको थियो । त्यसबखत नेताहरू भीम रावल र गोकर्ण बिष्ट भने अनुपस्थित हुनुहुन्थ्यो ।

सहमतिको उक्त कुरो अघि बढेपछि बालुवाटारको तर्फबाट नेता भीम रावललाई सम्पर्क गरिएको उक्त पक्षको दाबी छ । तर रावलचाँहि त्यतिबेला सिंहदरबारमा अदालत जाने हस्ताक्षर जुटाउँदै हुनुहुन्थ्यो । त्यसबीचमा रावलले फोनमा ‘ल हुन्छ’ भनेपछि झण्डै एक सातादेखि उक्त विषय समेत अघि नबढेकाले सहमतिमा सहभागी नेताहरू नै अलमलमा पर्नुभएको छ ।

बालुवाटारले फोनमा नेता रावललाई कुराकानीको निम्ति प्रधानमन्त्री निवास आउन आग्रक गरेको तर त्यसलाई अदालतमा पर्न लागेको रीट रोकाउने उपायको रुपमा अर्थ्याइएको स्रोतको दाबी छ ।

नेपाल पक्षले सबै कुरामा सहमतिको लिखत तयार पारेर खबर गर्न भन्दा पनि प्रधानमन्त्रीसङ्ग सल्लाह गर्छु भनेर बिष्णु पौडेल बेखबर भएपछि जतिबेला समस्या पर्छ त्यसलाई टार्न तत्काल जे को पनि मौखिक आश्वासन दिने,काम सकिएपछि वास्ता नगर्ने पुरानै नीति हो भन्दै त्यसबेला कोटेश्वर बिच्किएको बताइन्छ ।

टिप्पणीहरू