कोरोना जितेपछि बृध्दाले भन्नुभयो ‘यो उमेरको मान्छेलाई के को डर ?’

कोरोना जितेपछि बृध्दाले भन्नुभयो ‘यो उमेरको मान्छेलाई के को डर ?’

कोरोना महामारीमा दैनिक सयौंको निधन भइरहेको बेला एक बृध्दा कोरोनालाई जितेर घर फर्कनुभएको छ ।

काठमाडौं सिनामंगलकी ९३ वर्षिया सुशीला भुजेलको २४ दिनपछि आइतबार गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको हो ।

कोरोना जितेलगत्तै उहाँले भन्नुभयो ‘९३ वर्षको मान्छेलाई के को डर ? कोरोना भन्छन्,के भन्छन्, म त लग्दे हुन्थ्यो, फुत्त जरो स्वरो केही आएर भन्छु, खोई ?’

स्वास्थ्यमा सामान्य समस्या आएपछि उहाँलाई बैशाख २४ गते गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि उहाँलाई ‘युथ फर नेशन’ ले ठमेलमा सञ्चालन गरेको आइसोलेसन सेन्टरमा राखेर उपचार गरेको थियो ।

युथ फर नेशनले कोरोना संक्रमितलाई चिकित्सकहरुको निगरानीमा आइसोलेसनमा राख्दै आएको छ । हाल उक्त आइसोलेसन सेन्टरमा २० जना संक्रमित रहेको नेशनका संयोजक तथा पूर्व बाल लडाकू लेनिन बिष्टले बताए ।

टिप्पणीहरू