बालुवाटारलाई अर्को धक्का,५२८ मतले विपक्षी विजयी

बालुवाटारलाई अर्को धक्का,५२८ मतले विपक्षी विजयी

सत्ता निकटस्थहरुले माओवादी छाडी एमाले प्रवेश गरेर सूर्य चिन्हबाट चुनाव लडेका पुरानै उम्मेदवार चन्द्रबहादुर खड्काले जित्ने निश्चित रहेको बताएतापनि राष्ट्रियसभामा लुम्बिनीबाट विपक्षी गठबन्धनका दुर्गनारायण पाण्डेय भर्खरै बिजयी भएका छन् ।

उनले सर्वोच्च अदालतको आदेशानुसार पद जोगिएका जसपा सम्बध्द चार साँसदको समेत मतभार थपिदा पनि सत्तारुढ उम्मेदवारलाई ५२८ मतभारले हराएका हुन् ।

प्रदेश तर्फ उनलाई २०१६ र स्थानीयबाट २१२४ गरी ४१४० र खड्काको सूर्य चिन्हमा १९२०+१६९२ गरी कूल ३६१२ मत प्राप्त भएको छ ।

यसपटकको चुनावमा बाग्मती (जेठ ६) देखि नै कमल थापाले सत्तारूढ दल एमालेको पक्षमा मत हाल्न उर्दी जारी गरेका थिए ।

तर,न उनको निर्देशन धादिङको रुबी भ्याली गाउँपालिकाका प्रमुख र उपप्रमुखले टेरे न त नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवल समशेरले नै पालना गरे ।

अन्तत: दुबै ठाउँमा राप्रपाका तीनमध्ये एक अध्यक्षको प्रधानमन्त्री केपी ओलीसितको सामिप्यले काम गरेको देखिएन ।

टिप्पणीहरू