इराकसँग भिडेको नेपाली टोली कुवेतमा

इराकसँग भिडेको नेपाली टोली कुवेतमा

शनिवार राति राजधानी बग्दादमा खेलिएको इराकविरुद्ध मैत्रीपूर्ण खेलमा ६–२ को हार ब्यहोरेको नेपाली टोली कुवेत पुगेको छ ।

कोरोना महामारीका कारण नेपालले दशरथ रंगशालामा खेल्नुपर्ने खेल कुवेत सारिएपछि नेपाली टोली त्यहाँ पुगेको हो ।

आइतवार स्थानीय समयअनुसार साँझ ६ बजे स्थलमार्ग हुँदै कुवेततर्फ गएको टोलीले अब त्यहाँ विश्वकप छनोट र एसियाकप छनोटको बाँकी ३ वटा खेल खेल्नेछ ।

प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले इराकविरुद्धको खेल हारे पनि विश्वकप छनोटमा नेपाली टोलीले सुधार गर्ने विश्वास दिलाएका थिए ।

नेपालले जेठ २० गते ताइवान,२५ गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ ।
हालसम्म ५ खेल खेलिसक्दा १ जित र ४ हार व्यहोरेको नेपाल अंक तालिकामा ३ अंकका साथ चौथो स्थानमा रहेको छ ।

अष्ट्रेलिया १२ अंकका साथ शीर्षस्थानमा र ताइवान अंक तालिकाको पुछारमा रहेको छ ।

टिप्पणीहरू