पसल फुटाएर रक्सी चोर्ने प्रहरी टोली निलम्बित

पसल फुटाएर रक्सी चोर्ने प्रहरी टोली निलम्बित

सिराहामा गस्ती गएको बेलामा रक्सी चोरेको आरोपमा तीन जना प्रहरी निलम्बनमा परेका छन् ।

जिल्ला प्रहरी कार्यालयले रक्सी चोरीको आरोपमा सहायक निरीक्षक (असई) सहित तीन जनालाई निलम्बन गरेको प्रवक्ता शालिग्राम शर्माले बताए ।

उनका अनुसार जेठ ९ गते गस्तीमा खटिएको समय उनीहरुले लहान नगरपालिका २३ गढिया चोकस्थित पूजा होटल तथा एसके मदिरा पसलबाट भोड्काको सिसी सुटुक्क गोजीमा हालेका थिए ।

मदिरा पसलमा मदिरा सेवन गरी हो–हल्ला गर्ने व्यक्तिलाई नियन्त्रणमा लिने क्रममा पसलका सञ्चालक भागेको मौका छोपेर प्रहरीले भोड्काका केही सिसी खल्तीमा हालेर हिँडेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

भिडियो भाइरल भएपछि असई नवलकिशोर ठाकुर,जवानद्वय अन्नुकुमार राय र नरेशकुमार राय लाई प्रहरी नियमावली, २०७१ बमोजिम आजदेखि लागू हुनेगरी निलम्बन गरिएको बताइएको छ ।

टिप्पणीहरू