लुम्बिनीको चुनाव र अदालतको उदारता

लुम्बिनीको चुनाव र अदालतको उदारता

आज लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभाको रिक्त सदस्य पदका निम्ति उपनिर्वाचन भइरहेको छ ।

जसपाका चार जना कारबाहीमा परेका प्रदेशसभा सदस्यले पनि सर्वोच्चको आदेशपछि आज मतदान गर्दैछन् ।

निकै चर्को प्रतिस्पर्धा हुने भएकाले सरकार पक्ष जसरी पनि राष्ट्रियसभामा आफ्नो उम्मेदवार जिताउने ध्याउन्नमा देखिन्छ ।

त्यसैले कारबाहीमा परेका जसपा सांसदहरुको पेशीलाई अदालतले समेत जेठ १६ गते हिजोको म्याद रहेकोमा असार ६ गतेसम्मलाई सारिदिएको बताइन्छ ।

तर,बागमतीमा झैँ कुनैपनि पक्षको फराकिलो र स्पष्ट मत नदेखिएकाले लुम्बिनीमा यसै हुन्छ भन्न सकिने अवस्था देखिँदैन ।

टिप्पणीहरू