नाइजेरियामा २ सय बालबालिका अपहरण « janaaastha.com
५ असार २०७८, शनिबार

नाइजेरियामा २ सय बालबालिका अपहरण



नाइजेरियाको एउटा इस्लामिक विद्यालयमा अध्ययनरत झण्डै २ सय बालबालिका अपहरणमा परेका छन् ।

मोटरसाइकलमा आएका बन्दुकधारीले विद्यालयमा आक्रमण गरेर बालबालिकाको अपहरण गरेको बताइएको छ ।

अधिकारीहरूका अनुसार आक्रमणमा दुई जनामाथि गोली प्रहार भएको र एक जनाको मृत्यु भएको छ । नाइजेरियाको उत्तरी राज्यहरूमा फिरौतीका लागि अपहरण गर्ने घटना क्रमशः बढ्दो छ ।

गत फेब्रुअरीमा जामफरा राज्यको जंगेबे बोर्डिङ स्कुलमा अध्ययनरत ३ सय किशोरीहरु अपहरणमा परेका थिए । तीमध्ये हाल धेरैजसो बन्धकमुक्त भइसकेका छन् ।

Tags :

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

“जीरो ईरोर (डिफेक्ट्) सिण्ड्रोम” बाट ग्रसित नेपाली सेना
अन्तरिक्षबाट यस्तो देखियो नेपाल र हिमालय क्षेत्र (फाेटाे फिचर)
दलाए दलाए, अन्तिममा ढलाए
अष्ट्रेलियाको भन्दै सुर्खेतको बाँड्दै
Add

Scroll Up