दोलखाबाट ल्याइएका पत्रकारको देहावसान

दोलखाबाट ल्याइएका पत्रकारको देहावसान

नेपाल प्रेस युनियन दोलखाका उपाध्यक्ष तथा नेपाल पत्रकार महासंघका कार्यसमिति सदस्य रवीन्द्र गौतमको कोरोना संक्रमणबाट उपचारको क्रममा निधन भएको छ ।

चरिकोटबाट एयरलिफ्ट गरेर काठमाडौं ल्याइएका ३८ वर्षीय गौतमको नयाँ बानेश्वरस्थित एभरेष्ट अस्पतालमा उपचार गर्दागर्दै निधन भएको हो ।

जेठ ९ गते चरिकोट अस्पतालबाट काठमाडौं ल्याई उपचाररत गौतमको स्वास्थ्यमा थप समस्या आएपछि गए रातिदेखि भेन्टिलेटरमा राखिएको थियो ।

दोलखाको भीमेश्वर नगरपालिका–३ निवासी गौतम डेढ दशकदेखि पत्रकारितामा सक्रिय थिए । इमेज च्यानल, अभियान आर्थिक दैनिक,डिसी नेपाल डटकम,नवतरंग साप्ताहिकमा काम गरेका गौतम पछिल्लो चार वर्षदेखि अन्नपूर्ण पोस्ट्मा आबद्ध थिए।

अन्नपूर्ण पोस्ट्को दोलखा संवाददाता रहेका गौतम रेडियो भीमेश्वरको स्टेशन म्यानेजर थिए । उनका आमा,श्रीमती,९ वर्षीया र ६ महिनाकी दुई छोरी छन्।

टिप्पणीहरू