निषेधाज्ञाको ३२ औं दिनमा काठमाडौं (फोटो फिचर/भिडिओ)

निषेधाज्ञाको ३२ औं दिनमा काठमाडौं (फोटो फिचर/भिडिओ)

उपत्यकामा निषेधाज्ञा जारी भएको आज ३२ औं दिन हो । निषेधाज्ञा झन् कडा पारिएको भने आज तेस्रो दिन । आज बिहान तरकारी बजार बन्द गर्ने बेलामा हाम्रो टोली केही दृश्य कैद गर्न त्यता लागेको थियो ।

उपत्यकाको भित्री भागमा प्रहरी माइकिङ गर्दै तरकारी र फलफूल पसल बन्द गराउँदै थिए । मुख्य सडकमा चेकिङ्ग निक्कै नै कडा पारिएको थियो ।

कार्यालय हिँडेका कर्मचारी र कतिपय बटुवालाई होल्डिङ जोनमा उभ्याइएको थियो । कतिपय स्थानमा प्रहरीले उनीहरुलाई सम्झाई बुझाइ गरेको पनि देखिन्थ्यो ।

कतिपयलाई रसिद काटेर जरिवाना गरिएको पनि देख्न सकिन्थ्यो । त्रिपुरेश्वर र भद्रकालीमा भने कार्यालय समयमा सवारी साधनहरु प्रहरी चेकिङ्गको लागि लामबद्ध देखिन्थे ।

 


 

टिप्पणीहरू