फ्रान्सेली नागरिकसहित ३ जना मृत फेला

फ्रान्सेली नागरिकसहित ३ जना मृत फेला

काठमाडौं, गुल्मी र ताप्लेजुङमा गरि एक फ्रान्सेली नागरिकसहित ३ जना मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौं महानगरपालिका–६ बौद्व नयाँबस्ती डेरा गरी बस्ने राहदानी नम्बर ०८ सिके ०४१२३ वाहक फ्रान्सेली नागरिक ६५ वर्षीय मार्क गेरार्ड बाजुस आफ्नै कोठामा मृत अवस्थामा फेला परेका हुन् ।

यस्तै, गुल्मीको मदाने गाउँपालिका–६ घिउपानी बस्ने ३४ वर्षीय रामबहादुर नेपाली स्थानीय रातामाटा खर्सेटा बुहारी खोला नजिक मृत अवस्थामा फेला परेका छन् । तीन दिनअघि घरबाट हिडेका उनी घर नआएपछि खोजी गर्ने क्रममा हिजो उनको शव फेला परेको हो ।

त्यसैगरी, ताप्लेजुङको फुङलिङ नगरपालिका–१ आहाले तीनघरे बस्ने ५८ वर्षीय हर्कबहादुर शिवा स्थानीय नव निर्मित वडा कार्यालय भवन अगाडिको नालीमा मृत अवस्थामा फेला परेका छन् ।

टिप्पणीहरू