गाँजा लगायतका लागूऔषधसहित ३ जना पक्राउ

गाँजा लगायतका लागूऔषधसहित ३ जना पक्राउ

सुनसरी र झापामा लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । सुनसरीको कोशी गाउँपालिका–८ भाण्टाबारीबाट १ सय ६५ किलो गाँजासहित एक जना आज बिहान पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा स्थानीय ४० वर्षीय गणेश यादव रहेका छन् । यादवले भारततर्फ निकासी गर्ने उद्देश्यले सीमातर्फ लैजान तयारी गरेको अवस्थामा प्रहरीले गाँजासहित उनलाई पक्राउ गरेको हो ।

यस्तै, झापाको वुद्धशान्ति गाउँपालिका–३, धाइजन चोकबाट ब्राउनसुगरसहित दुई जना पक्राउ परेका छन् । २ ग्राम ४ सय मिलिग्राम ब्राउनसुगर सहित शनिबार साँझ स्थानीय ३१ वर्षीय विमल बस्नेत र २९ वर्षीय विशाल बस्नेत पक्राउ परेका हुन् ।

टिप्पणीहरू