मन्त्रीहरु थपघट गर्ने तयारी धमाधम

मन्त्रीहरु थपघट गर्ने तयारी धमाधम

हिजो पपुलिस्ट बजेट ल्याएर ढुक्क हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकता र प्रतिनिधिसभा विघटनमा अदालती फैसला कुरी बसेको जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो समूहलाई आज साँझ वा भोलिसम्ममा मन्त्री बनाउन खोज्नुभएको छ । १० वटा मन्त्रालय माग्दै आएको जसपाको उक्त समूहलाई प्रधानमन्त्रीले हाल सात वटामा चित्त बुझउन आग्रह गर्नुभएको बताइन्छ ।

‘अहिलेलाई यत्तिमा चित्त बुझाउनुस्,पछिको पुनर्गठनमा सोचौंला’ प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै स्रोतले भनेको छ । त्यसले जसपाभित्र मन्त्री बन्नेहरुको छनौट र अहिले नै जाने नजानेबारे आज दिउँसोसम्म केही सल्लाह हुने बुझिएको छ । सरकारमा जाने भनिएकोको राप्रपावारे भने कुनै टुङ्गो छैन ।

‘पार्टीमा छलफल नभई जानसक्ने अवस्था छैन । तीन जनामध्ये दुई जना अध्यक्षले त्यो प्रस्ताव नमान्ने प्रष्ट छ ।’

नयाँ मन्त्रीमण्डलमा गृह र अर्थ मन्त्रालय मागेको जसपालाई प्रधानमन्त्रीले स्पष्टसँग ती मन्त्रालय पाईंदैन,दाबी नगर्नुस् भन्नुभएको बताइन्छ । महतोको गृहमा जाने उत्कट चाहनालाई आसन्न मध्यावधि निर्वाचनमा कमाण्ड सम्हाल्न गाह्रो हुने भएकाले अर्को रोज्नोस् भनेर तर्काइएको छ ।

स्वास्थ्य मन्त्रालयमा सर्वेन्द्रनाथ शुक्लाले तीब्र चाहना राखे पनि बालुवाटारले खानेपानी मन्त्रालयको अफर गरेको छ । तर शुक्लाले ‘त्यो त हुँदैन’ भनेर जवाफ दिएको बुझिएको छ ।

एमाले प्रवक्ता, महासचिवलगायतका नेता नै मन्त्रीमा संलग्न भएपछि पार्टीको काममा असर परेकोले त्यसो गर्न खोजिएको हो ।

आगामी पुनर्गठनको निम्ति ओली सरकारमा नयाँ परराष्ट्रमन्त्री बन्ने उम्मेदवारको खोजी हुन थालेको छ । स्रोतका अनुसार पहिलो चरणमा नियुक्त भएका मन्त्रीहरुलाई बिदा दिएर नयाँ अनुहार ल्याउने तयारी भएको हो ।

एमाले प्रवक्ता, महासचिवलगायतका नेता नै मन्त्रीमा संलग्न भएपछि पार्टीको काममा असर परेकोले त्यसो गर्न खोजिएको हो । स्रोत भन्छ ‘सरकारी ढाँचा,ढर्रा र सलाम खाँदैमा फुुर्सद नभएपछि पार्टी काम लथालिङ्ग हुनसक्छ ।’

प्रधानमन्त्री र दक्षिण दुबैतिर अच्छा दोस्ती रहेका भनिएका राप्रपा अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्री बनाउन अफर गरिएको महेश बस्नेतको दावी छ । भारतीय संस्थापन पक्ष बीजेपी र हिन्दु राज्य माग गर्नेहरुको लागि थापा एउटा आकर्षण बन्ने बालुवाटारको दाबी छ । थापा नाकाबन्दीताका पनि ओली सरकारमा परराष्ट्र मन्त्री नै थिए । यसअघि थापा दाजु नेत्रबहादुरलाई राष्ट्रपतिको सुरक्षा सल्लाहकारमा पूरै अवधि राख्न सफल भएका थिए ।

थापा ओली सरकारमा उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्री नियुक्त हुने समाचारको राप्रपाकै एकजना प्रभावशाली नेताले भने खण्डन गरेका छन् । त्यो ‘हुनै नसक्ने’ उनको ठहर छ ।

गत संसदीय निर्वाचनमा नेपाली काँग्रेससँग मिलेर एक सिट पनि नजितेको राप्रपाले उता झापामा ओलीका कारण एक सिट जितेको थियो । औपचारिक एकता काँग्रेससँग गरेर झापामा पार्टीको नीति विपरित राजेन्द्र लिङ्देन ओलीसँग मिली विजयी भएका हुन् । अहिले राप्रपालाई सरकारमा ल्याउन सके आगामी निर्वाचनमा राप्रपासँग पनि तालमेल रहेको सन्देश दिन प्रधानमन्त्रीले पहल गरेको हुनसक्ने बताइन्छ ।

थापा ओली सरकारमा उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्री नियुक्त हुने समाचारको राप्रपाकै एकजना प्रभावशाली नेताले भने खण्डन गरेका छन् । त्यो ‘हुनै नसक्ने’ उनको ठहर छ । अदालतको निर्णय नआइसकेको र राप्रपामा कमल थापा मात्र नेता नभएको अवस्थामा त्यो समाचारमा कुनै सत्यता नभएको उनी बताउँछन् । भन्छन्, ‘पार्टीमा छलफल नभई जानसक्ने अवस्था छैन । तीन जनामध्ये दुई जना अध्यक्षले त्यो प्रस्ताव नमान्ने प्रष्ट छ ।’

राप्रपाभित्रको राजनीतिको संक्षिप्त जानकारी दिँदै उनले भने ‘पार्टीभित्र कमल थापाका विरोधी धेरै छन् । प्रधानमन्त्री ओलीले सरकारमा लैजान खोज्नु बेग्लै कुरा हो । सम्भवतः थापा आफैँ जान खोज्दैनन् ।’ हालै प्रधानमन्त्रीले थापासँग गरेको भेटलाई लिएर उक्त सम्भावनाको चर्चा भएको हुनसक्ने उनको बुझाई छ ।

टिप्पणीहरू