जब बलात्कारीलाई उन्मुक्ति दिने वातावरण बनाइयो

जब बलात्कारीलाई उन्मुक्ति दिने वातावरण बनाइयो

धनुषाको सबैला नगरपालिकामा भएको सामुहिक आशय करणी प्रयासको घट्ना पञ्चायती गरेर मिलाउने काेशिशलाई प्रहरीले असफल बनाएको छ ।

गाउँमै मिलापत्र गर्न खोजिएको साे घटनावारे जानकारी पाएपछि प्रहरीले हस्तक्षेप गरी मुद्दा दर्ता गरेको छ । अभियुक्तहरूले १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार प्रयास गरेका थिए ।

तर घटना सार्वजनिक भएपछि केही टोले नेताले गाउँमै मिलाउन दबाब दिए । जेठ १२ गते सबैला नगरपालिका– १२ रघुनाथपुरका १८ वर्षीय राजु पासवान, १९ वर्षीय जितेन्द्र पासवान र २० वर्षीय अजित पासवानले बलात्कार प्रयास गरेको पीडितले बताएकी छन् ।

उनीहरुले त्यसको भिडियोसमेत खिचेको किशोरीको भनाई छ । परिवारले इलाका प्रहरी कार्यालय सबैलामा जेठ १३ गते आरोपित तीन युवाविरुद्ध उजुरी दर्ता गराएका छन् । तीनै जना फरार रहेकाले खोजी भइरहेको इन्स्पेक्टर राजेश सिग्देलले जानकारी दिए ।

पीडित पक्षलाई केही नेताले मिल्न दबाब दिएका थिए । प्रहरी टोलीले पीडित बालिकाको परिवारलाई इलाका प्रहरी कार्यालय सबैला लगेर किटानी जाहेरी दर्ता गराएको छ ।

किशोरीको स्वास्थ्य परीक्षणसमेत गराएर घटनाको अनुसन्धान शुरु गरिएको इन्स्पेक्टर सिग्देलले बताए ।

टिप्पणीहरू