वन्यजन्तु मार्नेलाई सेनाले समात्यो

वन्यजन्तु मार्नेलाई सेनाले समात्यो

मुलुकका विभिन्न राष्ट्रिय निकुञ्जमा अवैध क्रियाकलाप गर्नेलाई नेपाली सेनाले समातेको छ । काठमाण्डौँको शिवपुरी नागार्जुन निकुञ्ज क्षेत्रबाट एक युवा १५ के.जी. बँदेलको मासुसहित पक्राउ परेका हुन् ।

निकुञ्ज सुरक्षामा खटिएको महिन्द्रदल गणअन्तर्गत अपरेसन महाहन्ट ७ को सुरक्षा गुल्मले काठमाण्डौँ गोकर्णेश्वर नगरपालिकाको वडा नं. १ चिलाउनेका ५० वर्षीय धनबहादुर तामाङलाई नियन्त्रणमा लिएको हो । उनलाई बा.२९ प १५७९ नम्बरको मोटरसाइकलमा मासुसहित नियन्त्रणमा लिई कारबाहीको लागि निकुञ्ज प्रशासनलाई बुझाइएको सेनाले बताएको छ ।

त्यस्तै,पर्सा राष्ट्रिय निकुञ्जको जग्गा अतिक्रमण गरेको अभियोगमा मकवानपुर जिल्ला मनहरी गाउँपालिका ३ का ६३ वर्षीय रामलाल थिङ पक्राउ परेका छन् । उनलाई निकुञ्जको सुरक्षार्थ तैनाथ सिध्दिबक्स गणको सुरक्षा पोष्ट चकरी र निकुञ्ज प्रशासनको टोलीले पक्राउ गरी प्रशासनको कार्यालयमा दोहोरो भरपाई गरेर बुझाएको हो ।

थिङ्गमाथि निकुञ्ज क्षेत्रभित्रको जंगल अतिक्रमण गरी खनजोत गरेको,बाली लगाएको र छाप्रोसमेत बनाएको आरोपमा पक्राउ गरेको आरोप छ ।उता,खप्तड राष्ट्रिय निकुञ्जमा चोरी शिकारी नियन्त्रणका लागि खटिएको सिंह शार्दुल गुल्मको गस्ती टोलीले चार जनालाई हिजो ३५ केजी सतुवा,८ केजी वन लसुन,डेढ किलो गदाल्नोसहित पक्राउ गरी प्रशासनको कार्यालयसमक्ष बुझाएको छ ।

टिप्पणीहरू