करेन्ट लागेर एकको मृत्यु

करेन्ट लागेर एकको मृत्यु

सिराहाको नवराजपुर गाउँपालिका – २ मझौराका ३५ वर्षीय लक्ष्मण महतोको करेन्ट लागेर मृत्यु भएको छ ।

आजै बिहान ट्युबवेलमा जडान गरी राखेको पानी तान्ने मोटर चलाउँदा विध्युत प्रवाह भई उनलाई करेन्ट लागेको बताइन्छ । करेन्टले गर्दा घाइते भएका महतोलाई उपचारको निम्ति लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका अस्पतालमा लैजादैं गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहान सबेरै उनले मोटर चलाएर हातमुख धुन खोजेका थिए । केही वर्षदेखि लहान नगरपालिका – ८ स्थित ससुरालीमा बस्दै आएका थिए ।

शवलाई पोष्टमार्टमको लागि अस्पतालमा राखिएको छ भने घटनाको अनुसन्धान भइरहेको जानकारी गराइएको छ ।

टिप्पणीहरू