७० वर्षीय बृध्द सामुहिक यौन दुर्व्यवहारमा समातिए

७० वर्षीय बृध्द सामुहिक यौन दुर्व्यवहारमा समातिए

कैलालीका बालबालिकामाथि यौन दुर्व्यवहार गरेको अभियोगमा गोदावरी नगरपालिका–२ का ७० वर्षीय गणेशबहादुर मोक्तान पक्राउ परेका छन् ।

अहिंसावादी विश्वशान्ति धर्म च्रक बौध्द गुम्बाका सञ्चालक मोक्तानलाई हिजो साँझ प्रहरीले गुम्बामा रहेका आश्रित बालबालिकामाथि यौन दुर्व्यवहार गरेको भन्ने सूचनाका आधारमा पक्राउ गरेको बताइएको छ ।

भारतीय गाडीमा लागूऔषधको थुप्रो

चितवनको राप्ती नगरपालिका–१ बाट भारतीय नम्बर प्लेटको ट्रकमा रहेको २ सय ७० किलोग्राम अवैध लागूऔषध गाँजा प्रहरीले बरामद गरेको छ ।

एनएल ०१ एन ५८६७ नम्बरको भारतीय ट्रकलाई लोथरबाट खटिएको प्रहरीले चेक जाँच गर्ने क्रममा लागूऔषध फेला पारी ट्रकमा सवार भारत पूर्वी चम्पाचरणका २५ वर्षीय पिन्टु कुमार पक्राउ परेका छन् ।

प्रारम्भिक अनुसन्धानको क्रममा उक्त गाँजा वीरगंज हुँदै भारततर्फ लैजान लगेको खुल्न आएको छ । घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

निषेधाज्ञामा हुलहुज्जत गर्दै हिँडेका दुई भाइ समातिए

निषेधाज्ञाको समयमा हुलहुज्जत गर्ने दुई जना पक्राउ परेका छन् । भरतपुर महानगरपालिका–१६ ज्ञानेश्वरबाट प्रहरीले उनीहरुलाई समातेको हो ।

पक्राउ पर्नेहरुमा भरतपुर महानगरपालिका–१६ का ३१ वर्षीय बिनोद गुरुङ र सोहीठाउँका २८ वर्षीय शशी कुँवर रहेका छन् ।

निषेधाज्ञाको समयमा हुलहुज्जत गर्ने,टिपरलाई अवरोध गरी क्षति पुर्याउनुका साथै हातमा ढुङ्गामुढा बोकी अत्यावश्यक सवारी साधन, दमकल समेतलाई अवरोध पुर्याएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू