निषेधाज्ञा पालनामा मेयर र प्रहरीवीच चर्काचर्की (भिडियो सहित )

निषेधाज्ञा पालनामा मेयर र प्रहरीवीच चर्काचर्की (भिडियो सहित )

कोरोना महामारी र निषेधाज्ञाको समयमा पसल खोलेको भन्दै प्रहरीले हस्तक्षेप गरेपछि कैलालीको लम्कीचुहा नगरपालिकामा विवाद उत्पन्न भएको छ । चार दिनअघि प्रहरीले ढोका खोलेर हतकडी लगाउँदै पाता कस्ने भनेपछि उत्पन्न विवादले जटिल रुप लिएको हो ।

प्रहरीको दादागिरी बढेको भन्दै स्थानीयले बाहिर हिँडडुल गर्न समेत नपाएको नगरप्रमुख महादेव बजगाईंसमक्ष गुनासो गरेपछि प्रहरी र नगरप्रमुखबीच नै फेरि चर्काचर्की भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

प्रहरी नायब निरीक्षक रेवन्त बोहोरा र नगरप्रमुख बजगाईंबीच भएको तथानाम गालीले स्थानीय समेत अचम्मित बनेका हुन् । मेयरले बोहोरालाई ‘तेरो मुखसुख फोड्दिन्छु,कालोमोसो दल्नुपर्छ अझै मुख लाग्छस्,तैँले मलाई भेदभाव गरिस्’ जस्ता मर्यादाभन्दा बाहिरको शब्द प्रयोग गरेका थिए ।

सामाजिक सञ्जालमा जनप्रतिनिधिका ती शब्द सुनेपछि मेयरको तीब्र आलोचना भएको छ । प्रहरीले भने उक्त भिडियोमा पसल खोल्नको लागि पहिले निषेधाज्ञा खोल्नुस् भनेको सुनिन्छ । प्रत्युत्तरमा मेयरले ‘तेरो गाडी लैजा,हामी आफ्नो सुरक्षा आफैँ गर्छौँ, लकडाउन पनि आफैँ गर्छौँ’ प्रष्टसँग भनेका छन् ।

टिप्पणीहरू