एमाले नेताले डाक्टर कुटेपछि अस्पतालमा तनाव (भिडियो सहित )

एमाले नेताले डाक्टर कुटेपछि अस्पतालमा तनाव (भिडियो सहित )

नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य मानबहादुर रावतको नेतृत्वमा चिकित्सकमाथि आक्रमण भएको भन्दै नेपालगन्जस्थित भेरी अस्पतालका स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन् ।

कोरोना संक्रमित बिरामीको उपचारमा खटेका चिकित्सक तथा कर्मचारीमाथि भएको आक्रमणको विरोधमा आज बिहानैदेखि उनीहरु प्रदर्शनमा उत्रिएका हुन् ।

काम गर्ने वातावरण नभएको र सरकारले सुरक्षाको प्रत्याभूति नगरेको भन्दै उनीहरुले काममा नफर्किने अडान लिएका छन् । आन्दोलनरत स्वास्थ्यकर्मीहरुले आक्रमणकारीलाई कारवाहीको माग पनि गरेका छन् ।

कोरोना महामारीमा खटिएका स्वास्थ्यकर्मीमाथि आइसियू कक्षमै कुटपिट हुनुका साथै अस्पताल तोडफोड भएपछि चौतर्फी विरोध भैरहेको छ ।

घटनाको निन्दा गर्दै प्रमुख प्रतिपक्ष कांग्रेस र माओवादी केन्द्रले कुटपिटमा संलग्नलाई कारवाहीको माग गरेका छन् । काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छुट्टाछुट्टै विज्ञप्ति निकालेर घटनाको निन्दा गर्दै दोषीलाई कारवाहीको माग गर्नुभएको हो ।

कोरोना महामारीका बेला बिरामीको उपचारमा खटेका स्वास्थ्यकर्मीमाथिको आक्रमण सह्य नहुने उहाँहरुले चेतावनी दिनुभएको छ ।

टिप्पणीहरू