प्रधानमन्त्रीले आज बजेटबारे बोल्ने

प्रधानमन्त्रीले आज बजेटबारे बोल्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ । प्रेस सल्लाहकार सूर्य थापाका अनुसार साँझ ४ बजे प्रधानमन्त्री निवास बालुवाटारबाट प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ ।

बजेटको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले गर्न लागेको सम्बोधनलाई चासोका साथ हेरिएको छ । प्रतिनिधिसभा विघटन भएको अवस्थामा सरकारले अध्यादेशमार्फत बजेट ल्याउने तयारी छ ।
अध्यादेशबाट पूर्ण बजेट नल्याउन सरकारलाई चौतर्फी दबाब छ । पूर्वअर्थमन्त्रीहरुले अन्तरिम बजेट ल्याउन सुझाव दिएका छन् ।

टिप्पणीहरू