नाका नाकाबाट गाडी फर्काइए

नाका नाकाबाट गाडी फर्काइए

काठमाडौं उपत्यकामा थप गरिएको निषेधाज्ञा आजबाट कडा पारिएको छ । उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयका प्रमुखहरुको संयुक्त बैठकले बिहान ९ बजेसम्म दुग्ध पदार्थ, माछा–मासु,तरकारीलगायतका सामाग्री खरिद गर्न दिने निर्णय गरेको छ ।

तर,एकाबिहानै ३ सय २५ भन्दा बढि सवारीसाधन होल्डमा परेको महानगरीय ट्राफिक महाशाखाका प्रवक्ता श्यामकृष्ण अधिकारीले बताउनुभएको छ ।

उहाँका अनुसार ९ बजेपछि निषेधाज्ञालाई कडा तुल्याइएको छ । सरकारी सवारीसाधनको हकमा बिहान साढे १० बजेभित्र कार्यालय पुगिसक्नुपर्ने र बेलुका ६ बजेपछि गुडेमा कारबाही हुने उहाँले बताउनुभयो ।

प्रेसको सन्दर्भमा सूचना विभागको प्रेस पास हुनेलाई पनि अनावश्यक काममा नहिँड्न अधिकारीले आग्रह गर्नुभएको छ । उहाँले केही दिन कडाइका साथ सबै जना लागिपरेमा कोरोना संक्रमणको दर घट्न सक्ने उहाँको दाबी छ ।

सञ्चार क्षेत्रमा कार्यरत पत्रकारहरुलाई सकेसम्म टेलिफोनबाट सूचना संकलन गरेर सहयोग गरिदिन समेत उहाँले आग्रह गर्नुभएको छ । उपत्यकाभित्र निषेधाज्ञामा थप कडाई

यसैबीच काठमाण्डौको मुख्य नाका नागढुङ्गाबाट उपत्यका प्रवेश गर्ने अत्यावश्यक औषधि, दाना,चल्ला,तरकारी,खाद्यान्न, इन्धनलगायत बोकेका बाहेक अन्य मालबाहक ट्रकहरूलाई फर्काइएको छ ।

आज बिहान ७ बजेबाट निषेधाज्ञा लागू भए तापनि गए राति १ बजेदेखि चेकजाँचमा कडाई गरिएका कारण १ सय ९० भन्दाबढी मालवाहक ट्रक र पास बिनाका साना निजी गाडीहरूलाई फर्काइएको हो ।

नागढुंगाबाट फर्काइएका सवारी साधनहरु काठमाडौं र धादिङको सीमाना खत्रीपौवा आसपासमा रोकिएका छन् ।

टिप्पणीहरू