लकडाउन सफल बनाउन भारतमा निर्मम पेलाई

लकडाउन सफल बनाउन भारतमा निर्मम पेलाई

कोरोनाको दोस्रो लहरसँगै अहिले विश्वका अधिकांश देशमा लकडाउन गरिएको छ । दैनिक लाखौं संक्रमित थपिने क्रम जारी छ । त्यसरी अधिक संक्रमित थपिने देशको सूचीमा भारत दोस्रो स्थानमा छ । लकडाउन गरिए पनि संक्रमण कम हुने तथा कोरोना नियन्त्रणमा आउने छाँट देखिएको छैन ।

जति गर्दा पनि कोरोना नियन्त्रणमा नआउनुको कारण ‘सर्वसाधारणको आनिबानी’ रहेको रहेको निश्कर्ष भारतीय प्रहरीले निकालेको छ । उसले चुरो मात्र पत्ता लगाएको छैन, त्यसको उपाय पनि निकालेको छ ।

भारतीय प्रहरीले भारतीय विशेषतायुक्त मौलिक उपाय निकाल्दै सडकमा बिना काम लखरलखर हिँड्नेलाई लाठीचार्ज गर्न थालेको छ । केहीलाई भने ठाउँको ठाउँ उठबस गराएको छ ।

अझ कतिपयलाई कुखुरा बनाएर सडकमा उभ्याउने तथा व्यायामको शैलीमा पुसअप गराएर सडक किनारैमा मरणान्त पारिदिने गरेको छ । सरसर्ति हेर्दा दर्शकलाई नराम्रो लागे पनि कोरोना भाइरस नियन्त्रणमा ल्याउन उक्त तरिका

उपयुक्त भएको आम सञ्चारमाध्यमले ठहर्याएका छन् । अर्कोतर्फ प्रहरीले घरमा बसेर लकडाउन पालना गर्नेहरुलाई पुरस्कारस्वरुप उनीहरुको निवासमै राशन पुर्याएरसमेत वाहवाही बटुलेको छ ।

टिप्पणीहरू