भोलि बजेट ल्याउन भ्याइनभ्याइ

भोलि बजेट ल्याउन भ्याइनभ्याइ

अध्यादेशमार्फत बजेट ल्याउने तयारी चल्दैछ । यसअघि आर्थिक वर्ष ७० / ७१ को बजेट पनि अध्यादेशबाटै ल्याईएको थियो । सो समय चुनावी सरकारको नेतृत्व खिलराज रेग्मीले गरेका थिए भने अर्थमन्त्री थिए शंकर कोइराला ।

यसपटक संसद बिघटन भएको हुँदा अर्थमन्त्री विष्णु पौडेलले संसदमा नभई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,सिंहदरबारबाट बजेट सार्वजनिक गर्नेछन् । शनिवार अपरान्ह ४ बजेबाट बजेट सार्वजनिक कार्यक्रम तय भएको छ ।

यसपटक नीति तथा कार्यक्रम आउने छैन । बजेटअघि नै सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरिँदै आएको भए पनि अध्यादेशमार्फत बजेट ल्याउन लागेको सरकारले नीति तथा कार्यक्रम ल्याउने छैन । आज अपरान्ह २ बजे अर्थ मन्त्रालयबाटै एक कार्यक्रमका बीच आर्थिक सर्वेक्षण सार्वजनिक गरिँदैछ ।

अर्थका अधिकारीहरुका अनुसार सो कार्यक्रमसमेत जुमबाटै गर्ने तयारी चल्दैछ । सिमित मिडियाकर्मी र सरोकारवालाबाहेक अरुको प्रवेशमा कडाई गरिने मन्त्रालयको तयारी छ ।

अर्थविद र पूर्वप्रमुख निर्वाचन आयुक्तहरुले कामचलाउ सरकारले मतदाता प्रभावित पार्ने गरी बजेट ल्याउन नमिल्ने बताए पनि सरकारले झण्डै १६ खर्ब ९७ अर्ब हाराहारीको बजेट घोषणा गर्दैछ ।

अहिले अर्थ मन्त्रालयको बजेट निर्माणमा सक्रिय कोर टिम धमाधम बजेट बक्तव्य लेखनमा व्यस्त छ ।

टिप्पणीहरू