जबरजस्ती करणीको आरोपमा बुबा र काका पक्राउ

जबरजस्ती करणीको आरोपमा बुबा र काका पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा उनका बुबा र काका पक्राउ परेका छन् ।

गुल्मीमा ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रुरुक्षेत्र गाउँपालिका–२ रुद्रबेणीका काका नाता पर्ने १९ वर्षीय पुरुषलाई आज बिहान प्रहरीले समातेको हो ।

बालिकालाई घरमा खेलिरहेको अवस्थामा ललाई फकाई खरिया भन्ने स्थानको सार्वजनिक जंगलमा लगी मंगलबार जबरजस्ती करणी गरेकोमा इलाका प्रहरी कार्यालय रिडीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

यस्तै,पाल्पामा आफ्नै ८ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बेगनासकाली गाउँपालिका–२ का ३१ वर्षीय पुरुषलाई आज दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

छोरीलाई बाबुले जबरजस्ती करणी गरेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय पाल्पाको टोलीले उनलाई पक्राउ गरेको हो ।

टिप्पणीहरू