लागूऔषध ओसारपसारमा ट्याङ्करको प्रयोग

लागूऔषध ओसारपसारमा ट्याङ्करको प्रयोग

बारामा लागूऔषध ओसार पसारमा प्रयोग भएको ट्याङ्करसहित दुई जना पक्राउ परेका छन् ।

जीतपुर सिमरा उपमहानगरपालिका–१ पथलैया चोकस्थित रामरहिम ग्यारेजमा ना.४ ख २९७९ नम्बरको ट्याङ्करमा लुकाई राखेको २ सय १८ किलोग्राम गाँजासहित चालक र सहचालकलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा ट्याँकर चालक महोत्तरी बर्दिवास नगरपालिका–८ का ३३ वर्षीय घनश्याम गिरी र सहचालक चितवनको खैरहनी नगरपालिका–२ का राजकुमार दवाडी हुन् ।

काठमाडौंबाट भारतको बरौनीमा पेट्रोलियम पदार्थ लिन जान लागेको उक्त ट्याङ्करमा गाँजा लुकाई राखेको अवस्थामा प्रहरीले जाँच गर्ने क्रममा ट्याङ्करको च्याम्बरभित्र १९ वटा पोकामा लुकाई राखेको गाँजासहित उनीहरूलाई पक्राउ गरिएको हो ।

यस्तै,कञ्चनपुरमा लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । भीमदत्त नगरपालिका–१८,भगतपुरबाट १ ग्राम ६ सय ६० मिलीग्राम खैरो हेरोइनसहित स्थानीय २० वर्षीय हरि चौधरी आज दिउँसो पक्राउ परेका हुन् ।

बाटोमा हिंडिरहेको अवस्थामा शंका लागी उनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले जाँच गर्दा उक्त पदार्थसहित चौधरी पक्राउ परेका हुन् ।

 

टिप्पणीहरू